अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-२३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट अबैंध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु. १८,०२०।– बराबरको प्याज,चिनी,सुपारी,सरफ,सुर्ती लगायतका सामानहरु बिहीबार राती प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ सुकासाल र बेलौरी न.पा.१० भुडाबाट अबैंध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु.६८,३३०।– बराबरको हेण्ड बेग,कस्मेटीक सामान,तरकारी लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।