आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-२३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ स्थित होटेल ओपेराको माथिल्लो तलामा रहेको क्यासिनोमा बिजुलीको तार सर्ट हुन गई बिहीबार बिहान अचानक आगलागी हुँदा उक्त तलामा रहेका सोलार ब्याट्री, UPS, C.C.T.V.क्यामेरा,A.C., झ्यालका सिशा लागायतका सामानहरु गरी अन्दाजी रु. ८०,६७,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय क्षती नभएको । उक्त आगलागी स्थानिय,प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।