फरार प्रतिवादी पक्राउ
२०८०-१२-२३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. वन्यजन्तुको अवैध सिकार मुद्दामा रु.१०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१५ बस्ने जित बहादुर राना ।
२. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका जोशीपुर गा.पा.१ बस्ने खडके देउवा ।
३. चेक अनादर मुद्दामा १ महिना कैद सजाय र रु.३,०००।– जरिवाना ठहर भएका जिल्ला दार्चुला शैल्यशिखर न.पा.९ बस्ने दिनेश राज बिष्ट ।
४. छुवाछुत मुद्दामा रु.५००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा ३ बस्ने ओम प्रकाश पाण्डेय ।
५. चोरी मुद्दामा रु.१,९००।–जरिवाना ठहर भएका धनगढी उ.म.न.पा ७ बस्ने ज्ञानु चौधरी ।