प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८०-१२-२४

  • A
  • A-
  • A+
Share

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट, ऐ.३ चटकपुर, ऐ. ७ बेली,ऐ.८ धनगढीगाउँ, भजनी न.पा.५ कौवाखेडाघाट र गोदावरी न.पा. १ अत्तरियाबाट अबैंध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु.२,०३,२५०।– बराबरको प्याज,चिनी,खानेतेल,मिश्री,पास्ता,मिठाई,प्लाष्टिक झिल्ली,पेय पदार्थ, सुट,सादा कपडा,रेडीमेड कपडा,वान पिस, कुर्ती, लेडिज सुरुवाल लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० भुजेला पुल र ऐ. ११ चौकासत्ता र  बेलौरी न.पा. ६ भुराकोटबाट अबैंध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु.२,२५,३३५।– बराबरको प्याज,चिनी, मिश्री,पेय पदार्थ, सुट,झुल,गम्छा लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

यसैगरी:- भिमदत्त न.पा. १२ ओदालीबाट अबैंध रुपमा नेपालबाट भारत तर्फ लैजाने क्रमामा अन्दाजी मूल्य रु.५,४०,०००।– बराबरको ९ वटा खच्चर सहित जिल्ला कालिकोट सान्नि त्रिबेणी गा.पा.-६  बस्ने बर्ष २० को भक्त बि.सी.लाई  शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उक्त खच्चर सहित निजलाई आवश्यक कारवाहीको लागि प्रहरीले कञ्चनपुर भन्सार कार्यालय गडडाचौकीमा बुझाएको हो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।