अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-२७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ बुद्दचोक स्थित जन आवाज FM नजिकबाट २ ग्राम ५७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.कैलारी गा.पा.८ बस्ने बर्ष २४ को सन्जु चौधरी समेत तीन जनालाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरु बस्ने कोठाबाट चामलको बोरा भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला कैलाली, घोडाघोडी न.पा.१० आमखैया जंगल स्थित १०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ऐ.गौरीगंगा न.पा.९ शंकरपुर बस्ने बर्ष २८ को अनिल बहादुर भुललाई सोमबार राती प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी सुखड कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।