अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-३०
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराह नजिकबाट र टिकापुर न.पा.७ कालिमाट़ी स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५१,३४०।–बराबरको प्याज,जुता,चप्पल,ललिपप,पानीपुरी,मिश्री,प्लाष्टिक,नरिवल,सुर्ती लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भाँसी, ऐ.११ चौकीसत्ता, बेलौरी न.पा.१ हनुमान मन्दिर नजिकबाट र ऐ.८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२९,६३०।–बराबरको चिनी,खाने तेल,केराउ,पास्ता,कोट कपडा,जुता,बोईलर कुखुरा,माछा लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।