आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-३०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,लम्कीचुहा न.पा.३ व्यवस्थितनगर बस्ने केशर बहादुर बि.क.को दुई तले काठले बनेको खरले छाएको कच्ची गोठमा एक्कासी बिहीबार बिहान आगलागी हुँदा गोठका साथै गोठमा रहेका धान भएको भकारी,काठपात,गोरुगाडा,पराल,साईकल लगायतका सामानहरु गरि अन्दाजी रु.४,००,०००।- (चार लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।