प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नदीमा डुबेर मृत्यु

२०८०-१२-३०

  • A
  • A-
  • A+
Share

    बाजुरा:- जिल्ला बाजुरा,त्रिवेणी न.पा. ४ तोली बस्ने धुर्व बहादुर साउदको छोरा अन्दाजी बर्ष १० को रतन साउदको सोही ठाँउ स्थित बुढीगंगा नदीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो । निज बुढीगंगा नदीमा माछा मार्ने क्रममा डुबी बेपत्ता भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी बार्जुगाड बाजुराबाट प्रहरी टोली खटिई गई खोजतलास गर्ने क्रममा निज नदीमा डुबेको ठाँउ भन्दा अन्दाजी १०० मिटर टाढा मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।