नदीमा डुबेर मृत्यु
२०८०-१२-३०
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा,त्रिवेणी न.पा. ४ तोली बस्ने धुर्व बहादुर साउदको छोरा अन्दाजी बर्ष १० को रतन साउदको सोही ठाँउ स्थित बुढीगंगा नदीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो । निज बुढीगंगा नदीमा माछा मार्ने क्रममा डुबी बेपत्ता भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी बार्जुगाड बाजुराबाट प्रहरी टोली खटिई गई खोजतलास गर्ने क्रममा निज नदीमा डुबेको ठाँउ भन्दा अन्दाजी १०० मिटर टाढा मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।