ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
२०८१-०१-०३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,लम्की-चुहा न.पा.३ व्यवस्थितनगर स्थित भित्री सडक खण्डमा से २ त ६४० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाँउ बस्ने वर्ष ५२ को केशर बहादुर रावलको आईतवार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाईते भएका उनको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालक जानकी गा.पा.५ बस्ने बर्ष ३० को राजाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई,घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।