प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१-०१-०३

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली,लम्की-चुहा न.पा.३ व्यवस्थितनगर स्थित भित्री सडक खण्डमा से २ त ६४० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाँउ बस्ने वर्ष ५२ को केशर बहादुर रावलको आईतवार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाईते भएका उनको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालक जानकी गा.पा.५ बस्ने बर्ष ३० को राजाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई,घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।