प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०१-०५

  • A
  • A-
  • A+
Share

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट,ऐ.बालुवाघाटबाट र गोदावरी न.पा.१ महेन्द्रनगर रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५८,५९०।–बराबरको प्याज,गुट्खा,पास्ता,लेडिज कुर्ती,सुपारी,चकलेट लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      

    यसैगरी, गोदावरी न.पा. ०१ धनगढी रोड स्थित सब्जी मण्डी नजिकबाट अबैंध रुपमा भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,५४,५००।–बराबरको ११ सय किलोग्राम प्याज र ८ वटा मोटरसाईकल सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.७ बस्ने बर्ष ४० को राम अवतार रानालाई बिशेष सूचनाको आधारमा मंगलबार ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामान सहित मानिसलाई आवश्यक कारबाहीको लागि प्रहरीले   कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।

     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० बिधुत कार्यालय नजिक,ऐ.११ चौकी सत्ताबाट, बेलौरी न.पा.१ फटैया ,ऐ.२ बैजुडाडा, ऐ.६ नकैया,भुराकोट र ऐ.१० भुडा पन्तचोक नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६१,३५१।- बराबरको चिनी,रिफाईन्ड तेल,चरिको बिउ,लेडिज सुट,चकलेट,सुर्ती,कस्मेटिक सामान,बोईलर कुखुरा लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरी तथा ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।