प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०१-०५

  • A
  • A-
  • A+
Share

अछाम:- जिल्ला अछाम, चौरपाटी गा.पा.७ मार्कु खोला बस्ने रतन बोगटीको दुई तले ६ कोठे पक्की घरमा बिजुलीको लाईन सट हुन गई मंगलबार आगलागी हुँदा घर भित्र रहेका नगद,सुन,चाँदीका गहना,लत्ताकपडा,अन्नपात,भाँडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानविय र चौपाया क्षेती केहि नभएको । आगलागीबाट भएको क्षेतीको बिबरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।