अबैंध लागू औषध सहित दुई जना पक्राउ
२०८१-०१-०९
- A
- A-
- A+
कञ्चनपुर:-जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.११ गड्डाचौकीबाट अबैंध लागू औषध फेनारगन थान २६ र बुप्रेनोरफिन थान-२६ सहित भिमदत्त न.पा.४ बस्ने बर्ष २० को चक्र सुनार समेत दुई जनालाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरु भारतबाट नेपाल तर्फ आउने क्रममा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त अबैंध लागू औषध फेला पारी आवश्यक प्रक्रिया पुरा गरि प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।