ट्याक्टरको टायर मुनी च्यापिएर मानिसको मृत्यु
२०८१-०१-१०
- A
- A-
- A+
बैतडी:- जिल्ला बैतडी, डिलासैनी गा.पा.१ स्थित वडा नं. १ को कार्यालय नजिकै बसन्तपुर तुफानडाँडा भन्ने स्थानमा बर्मबाट सिमार बैतडी तर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४६८६ नम्बरको ट्याक्टरको ढालामा सवार सोही ठाउँ बस्ने अन्दाजी बर्ष २५ को नरेन्द्र प्रसाद भट्ट एक्कासी ढालाबाट खसेर ट्याक्टरको पछाडीको टायर मुनी च्यापीन गई आईतबार दिउँसो निजको घटनास्थलमा नै मृत्यु भएको हो । निजको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी सिमार बैतडीबाट प्रहरी टोली खटिई गई ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।