फरार प्रतिवादी पक्राउ
२०८१-०१-१२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. सवारी ज्यान मुद्दामा ५ महिना ४ दिन कैद सजाय र रु.४,०००।– जरिवाना ठहर भएका गौरीगंगा न.पा. ६ बस्ने बर्ष २४ को टेक बहादुर खड्का
२. सवारी ज्यान मुद्दामा १ महिना ९ दिन कैद सजाय ठहर भएका गोदावरी न.पा.८ बस्ने बर्ष २६ को सरोज चौधरी ।