प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०१-१२

  • A
  • A-
  • A+
Share

     डोटी:- जिल्ला डोटी, जोरायल गा.पा.२ धारापानी स्थित भिमदत्त राजमार्गमा डडेल्धुराबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ख ००१२ नम्बरको खाली ट्याङ्कर र बिपरित दिशाबाट आउँदै गरेको सु.प.प्र.०१०११ प ५२१९ नम्बरको मोटरसाईकल एक-आपसमा ठोकिन जाँदा मोटरसाईकल चालक जिल्ला कैलाली जानकी गाउँपालिका ९ कटांसे बस्ने बर्ष ३६ को रमेश बि.क.को बुधबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएकी मोटरसाईकल पछाडी सवार निजकी श्रीमती बर्ष ३५ की लक्ष्मी बि.क.को सोही अस्पतालमा उपचार भईरहेको छ । ट्याङकर र चालक जिल्ला डडेल्धुरा अमरगढी न.पा.८ बस्ने बर्ष ३८ को गोविन्द राज पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ दैजि स्थित पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको म १ प ५२८२ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको म २ प ३५५६ नम्बरको मोटरसाईकल एक-आपसमा ठोकिन जाँदा म १ प ५२८२ नम्बरको मोटरसाईकलमा सवार मोटरसाईकल चालक जिल्ला कञ्चनपुर बेदकोट न.पा.२ बस्ने बर्ष २६ को श्रीधर नाथको बुधबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ५५ को राम बहादुर मिजार, बिपरीत दिशाबाट आईरहेको म २ प ३५५६ नम्बरको  मोटरसाईकल चालक ऐ. ३ बस्ने बर्ष २५ को नबिन टमटा र सोही मोटरसाईकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २६ की कबिता टमटा समेत तिनै जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भईरहेको छ । सवारी साधन प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०२

     कैलाली:-  मिति २०८२।०९।०१  गते १३:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिकबाट ऐ.१ ब्लक नम्वर १२ बस्ने बर्ष २१ को सुरेन्द्र थ्यायतलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी,  मिति २०८२।०९।०१  गते १८:४० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा. १ भुरुवा स्थित भित्री सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष १९ को करन नेपालिलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी,  मिति २०८२।०९।०१  गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला स्थित सडकखण्डबाट ऐ.३ कटानपुर बस्ने बर्ष २० को बिशाल बि.क.लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम १०० लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।      

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८२-०९-०२

     दार्चुला:- मिति २०८२।०९।०१ गते १७:२५ बजेको समयमा जिल्ला दार्चुला, महाकाली न.पा.४ बाङ्गाबगर लास्सुखोला दोभान स्थित महाकाली नदिको किनारामा जिल्ला बझाङ, दुर्गाथली गा.पा.६ घर भई हाल जिल्ला दार्चुला, महाकाली न.पा.४ प्रेम शालिक स्थित कोठा गरी बस्ने वर्ष ३५ को शेर बहादुर महता र देश भारत पिथौरागढ जिल्ला सिरखा, उत्तराखण्ड घर भई हाल भारतको धार्चुला बजार बस्ने वर्ष २४ को भासु बुढाथोकिलाई नेपालबाट महाकाली नदी पार गरी भारत तर्फ भन्सार छलि गरि लैजादै गरेका अन्दाजी मूल्य रु.७९,०००।– बराबरको लेडिज कटराईज पाईन्ट, लेडिज ट्राउजर, कटराइज पाइन्ट लगायतका सामानहरु सामुदायिक सेवा केन्द्र बाङगाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान र निजहरु दुवै जनालाई नियन्त्रण लिएको ।       

फरार प्रतिबादी पक्राउ
२०८२-०९-०१

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।२९ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा २० दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ५ तारानगर बस्ने भोज राज के.सी.  । २. लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.८ बस्ने प्रदिप चौधरी ।३. लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बिशाल बिश्वकर्मा  ।  ४. लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बस्ने खगेन्द्र बहादुर सिंह  ।  ५. लागूऔषध मुद्दामा १ महिना १२ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ बस्ने सागर राजी ।       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७३।०२।०४ गतेको फैसलाले चोरी मुद्दामा ६ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.२ बस्ने वर्ष ६० को सिङलाल तामाङलाई  इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२९ गते पक्राउ गरेको ।        

स्कुल बसको ठक्करबाट ८ बर्षिय वालकको मृत्यू
२०८२-०९-०१

      कैलाली:- मिति २०८२।०८।२९ गते १७:४० बजेको समयमा जिल्ला कैलाली, घोडघोडी नगरपालिका२ घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा ऐ. साडेपानी बस्ने बर्ष ५७ को भागी राम चौधरीले चलाएको म.प्र.०३-००१ क २९४१ नम्बरको सनराईज बोडिङ स्कुल बौनिया, कैलालीको बसले सोही बोडिङ स्कुल कक्षा १ मा अध्यनरत सोही ठाउँ बस्ने बर्ष ८ को गोबिन्द बिष्टलाई स्कुल बिदा भई घरतर्फ छोड्ने क्रममा घर देखि अन्दाजी ३०० मिटर टाढा पुर्व उत्तरमा बसबाट झर्ने क्रममा सोही बसको ठक्करबाट घटनास्थलमै मृत्यू भएको, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको,  सो सम्बन्धमा अनुसन्धान भईरहेको  ।