प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०१-१२

  • A
  • A-
  • A+
Share

     डोटी:- जिल्ला डोटी, जोरायल गा.पा.२ धारापानी स्थित भिमदत्त राजमार्गमा डडेल्धुराबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ख ००१२ नम्बरको खाली ट्याङ्कर र बिपरित दिशाबाट आउँदै गरेको सु.प.प्र.०१०११ प ५२१९ नम्बरको मोटरसाईकल एक-आपसमा ठोकिन जाँदा मोटरसाईकल चालक जिल्ला कैलाली जानकी गाउँपालिका ९ कटांसे बस्ने बर्ष ३६ को रमेश बि.क.को बुधबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएकी मोटरसाईकल पछाडी सवार निजकी श्रीमती बर्ष ३५ की लक्ष्मी बि.क.को सोही अस्पतालमा उपचार भईरहेको छ । ट्याङकर र चालक जिल्ला डडेल्धुरा अमरगढी न.पा.८ बस्ने बर्ष ३८ को गोविन्द राज पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ दैजि स्थित पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको म १ प ५२८२ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको म २ प ३५५६ नम्बरको मोटरसाईकल एक-आपसमा ठोकिन जाँदा म १ प ५२८२ नम्बरको मोटरसाईकलमा सवार मोटरसाईकल चालक जिल्ला कञ्चनपुर बेदकोट न.पा.२ बस्ने बर्ष २६ को श्रीधर नाथको बुधबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ५५ को राम बहादुर मिजार, बिपरीत दिशाबाट आईरहेको म २ प ३५५६ नम्बरको  मोटरसाईकल चालक ऐ. ३ बस्ने बर्ष २५ को नबिन टमटा र सोही मोटरसाईकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २६ की कबिता टमटा समेत तिनै जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भईरहेको छ । सवारी साधन प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।