अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१३
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ शिवनगर र श्रीलंका टापुबाट,ऐ.२ ट्राफिकचोक नजिकबाट, ऐ.८ क्याम्पस चोक, र ऐ.१० सालघारीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,२२,७००।–बराबरको प्याज,चिनी,सुर्ती, बेल्टको कडी,अचार,स्याम्पु,लेडिज कुर्ती,पानि तान्ने मोटर,बोईलर कुखुरा लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता, बेलौरी न.पा.१ पिपलचौतारा र खल्लाबाट र पुनर्वास न.पा.११ डोकेबजार गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६९,७००।–बराबरको सुट,धोती, टिसट,अन्डरवेयर,गम्छा,किटनासक विषादी, फलाम र काठले बनाएको गहु,धान चाल्ने चान्ना, बोईलर कुखुरा लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।