अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-१३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ सुडाबाट ३.०९ ग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष १९ को बिबेक चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।
यसैगरी:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ भगतपुरबाट ०.२६ ग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २२ को कमल चन्दलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले निज हिँडीरहेको अवस्थमा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।