आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ मोतिपुर स्थित धन सिंह साउँदको एकतले काठले बनेको कच्ची गाई गोठमा बुधबार राती आगलागी हुँदा गोठ भित्र रहेका पराल, भुसा लगायतका सामानहरु गरि अन्दाजी रु. ६०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- जिल्ला कैलाली, बर्दगोरिया गा.पा.२ चुहा बस्ने भवानी प्रसाद देवकोटा जैशीको दुई तले दुई कोठे काठले बनेको जस्ता पाताले छाएको कच्ची गोठमा बुधबार दिउँसो आगलागी हुँदा गोठ भित्र रहेका एउटा भैँसी जलेर मृत्यु भएको, एउटा राँगा र ४ वटा बाख्रा जलेर घाईते भएका हुन । उक्त आगलागीबाट घर र गोठ भित्र रहेका अन्नपात,लत्ताकपडा,भुषा,पराल,काठ लगायतका सामानहरु गरि अन्दाजी रु. ७,००,०००।– (सात लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय क्षति नभएको । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।