प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०१-१३

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ मोतिपुर स्थित धन सिंह साउँदको एकतले काठले बनेको कच्ची  गाई गोठमा बुधबार राती आगलागी हुँदा गोठ भित्र रहेका पराल, भुसा लगायतका सामानहरु गरि अन्दाजी रु. ६०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

    कैलाली:- जिल्ला कैलाली, बर्दगोरिया गा.पा.२ चुहा बस्ने भवानी प्रसाद देवकोटा जैशीको दुई तले दुई कोठे काठले बनेको जस्ता पाताले छाएको कच्ची गोठमा बुधबार दिउँसो आगलागी हुँदा गोठ भित्र रहेका एउटा भैँसी जलेर मृत्यु भएको, एउटा राँगा र ४ वटा बाख्रा जलेर घाईते भएका हुन । उक्त आगलागीबाट घर र गोठ भित्र रहेका अन्नपात,लत्ताकपडा,भुषा,पराल,काठ लगायतका सामानहरु गरि अन्दाजी रु. ७,००,०००।– (सात लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय क्षति नभएको । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।