फरार प्रतिवादी पक्राउ
२०८१-०१-१४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७५।०२।३१ गतेको फैसलाले जुवा मुद्दामा जनहि रु २००।- जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली, टिकापुर नगरपालिका १ बस्ने वर्ष ५० को बलराम चौधरी, बर्ष ४५ को भरत थापा र वर्ष ४८ को विरभान बि.क. लाई बिहीबार ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर ठेगाना बाट पक्राउ गरि सम्मानित जिल्ला अदालत समक्ष पेश गरेको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०५।०९ गतेको फैसलाले लागु औषध मुद्दामा ५ महिना ३ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ बस्ने बर्ष २३ को रमेश दमाईलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको निजकै घर ठेगाना बाट पक्राउ गरि सम्मानित जिल्ला अदालत समक्ष पेश गरेको हो ।