प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीमा जली मृत्यु

२०८१-०१-१५

  • A
  • A-
  • A+
Share

    डडेल्धुरा:- जिल्ला डडेल्धुरा, नबदुर्गा गा.पा. ३ बस्ने बर्ष अन्दाजी ६२ को चन्द्रे चुनारा आफ्नै खेतबारीको घेरबार हाल्नको लागी झिग्रा काट्ने क्रममा शुक्रबार दिउँसो सोही ठाउँ बस्ने दिपक राज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडी जलेर घटनास्थलमै मृत्यु भएको हो । निज चन्द्रे चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको हो भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा समेतबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।