आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०१।१७ गते १६:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१९ बस्ने बुधराम डगौराको १ तले खरले छाएको कच्ची गोठमा सोही ठाउँ बस्ने नारायण दत्त रानाभाटले काटेको खेतको गहुँवालीको नलमा लगाएको आगोबाट आगलागी हुँदा गोठ र भित्र रहेको युरीया मल,खाद्यान्न,बोरिङ पाईप लगायतका सामनहरु गरी अन्दाजी रु. ५०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको । प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।
कञ्चनपुर:- मिति २०८१।०१।१७ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१३ बस्ने नन्दराज जोशीको गाईगोठ नजिक चुलोमा बालेको आगोबाट हावाहुरिको कारण गाईगोठ र घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, कापि किताब, लत्ता कपडा, खटिया लगायतका सामानहरु गरी अन्दाजी रु. २,९०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको । प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा आएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।