प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०१।१७ गते १६:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१९ बस्ने बुधराम डगौराको १ तले खरले छाएको कच्ची गोठमा सोही ठाउँ बस्ने नारायण दत्त रानाभाटले काटेको खेतको गहुँवालीको नलमा लगाएको आगोबाट आगलागी हुँदा गोठ र भित्र रहेको युरीया मल,खाद्यान्न,बोरिङ पाईप लगायतका सामनहरु गरी अन्दाजी रु. ५०,०००।–  बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको । प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।   

    कञ्चनपुर:- मिति २०८१।०१।१७ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१३ बस्ने नन्दराज जोशीको गाईगोठ नजिक चुलोमा बालेको आगोबाट हावाहुरिको कारण गाईगोठ र घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, कापि किताब, लत्ता कपडा, खटिया लगायतका सामानहरु गरी अन्दाजी रु. २,९०,०००।–  बराबरको धनमाल जलेर नष्ट भएको,  मानबिय तथा चौपाया क्षती नभएको । प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा आएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।   

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।