प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०१-२४

  • A
  • A-
  • A+
Share

   बैतडी:- मिति २०८१।०१।२३ गते १७:३० बजेको समयमा जिल्ला बैतडी, पाटन न.पा. ६ पाटन बजार स्थित जिल्ला दाङ भालुवाङ घर भई हाल जिल्ला बैतडी, पाटन न.पा. ६ पाटन बजार बस्दै आएको बर्ष अन्दाजी २०/२२ को दिपेन्द्र घर्ती मगर मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।