फरार प्रतिवादी पक्राउ
२०८१-०२-०२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।०१ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
१. सवारी ज्यान मुद्दामा २०दिन कैद सजाय र रू.२,०००।– जरिवाना ठहर भएका बर्दगोरीया गा.पा.४ बस्ने बर्ष ३० को नरेश डगौरा ।
२. कुटपिट मुद्दामा रू.४९०।- जरीवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने बर्ष ५० को बिष्णु थापा ।
३. चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष १९ को मिलन शाही ।