प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

२०८१-०२-०६

  • A
  • A-
  • A+
Share

    कैलाली:- गोदावरी नगरपालिका-१ अत्तरिया चोकमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना.८ ख ४३०१ नम्बरको ट्रकमा से.७ प १८९६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-३ बस्ने ३२ वर्षीय शिवराज रानाको पदमा अस्पताल हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।