प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन

२०८१-०२-१४

  • A
  • A-
  • A+
Share

आज मिति २०८१।०२।१४ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले प्रदेश अन्तर्गत रहेका डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ ।

यस क्रममा उहाँले जिल्लाहरुको अपराध नियन्त्रण तथा अनुसन्धान एवं शान्ति सुरक्षाको वर्तमान अवस्थाको सम्बन्धमा जानकारी लिदै, बर्षादको मौसम सुरु हुन लागेकोले सम्भावित विपद व्यवस्थापन तथा उद्दारका लागि तयार रहन, प्रतिबन्धित बन्यजन्तु, जडीवुटी, आखेटोपहार, अवैध काठ तस्करी नियन्त्रणमा जोड दिन, फरार अपराधि पक्राउ तथा पेण्डिङ मुद्दाहरुको अनुसन्धान द्रुत गतिमा अगाडी बढाउन, स्थानिय तह सँग समन्वय गरी CCTV, Fire Extinguisher लगायतको व्यवस्थापनमा सहकार्य गर्न, अबैध भन्सार छली, तस्करी नियन्त्रणमा जोड दिन, नागरिक मैत्री व्यवहार गर्न, अपराध र अपराधि बिरुद्व कानूनी निर्ममताका साथ प्रस्तुत हुन निर्देशन दिनु भयो ।


सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२९

     कैलाली:-  मिति २०८२।०३।२८ गते १७:१५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली गोदावरी न.पा.२ तेघरीबाट पैदल हिडिरहेको अवस्थामा सोही ठाउँ वस्ने बर्ष ३५ को तपेश खड्का र धनगढी उ.म.न.पा.५ बस्ने बर्ष २६ को दिक्पाल स्वारलाई चेकजाँच गर्दा निजहरुको साथबाट ३६० क्प्सुल TRAMADOL (३६ पत्ता) प्रतिवन्धित लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निज हरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                 यसैगरी,  मिति २०८२।०३।२८ गते २०:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१८ फुलबारी F गाँउ वस्ने बर्ष २८ को केदार बोहराको शरिर तथा घर कोठा खान तलासी गर्दा निजको साथबाट ११ ग्राम ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।           

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२८

      कैलाली:-  मिति २०८२।०३।२७ गते १४:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोडबाट ऐ. कटान वस्ने बर्ष १९ को दिपक बोहरालाई  शंका लागि चेकजाँच गर्दा निजको साथ बाट ३४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                यसैगरी,  मिति २०८२।०३।२७ गते १८:४५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.२ शान्तिटोल स्थित बर्ष २२ को रबिन कुमार मल्लको घर कोठामा लागुऔषध कारोबार भैरहेको छ भन्ने सुचनाको आधारमा निजको घर कोठा खान तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला डोटी, पुर्वीचौकी गा.पा.४ घर भई बर्ष २८ को तेज बहादुर खड्का र निजको साथबाट ९ ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।