प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०३-०९

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०३।०८ गते १२:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.-१९ तिल्केनी बस्ने बर्ष ३३ की पुष्पा लोहारको कुखुरा फर्ममा बिजुलीको तार सर्ट हुन गइ आगलागी हुँदा खोर भित्र रहेका १,००० वटा बोइलर कुखुराका चल्ला र कुखुराको फम गरी अन्दाजी रु.४,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२९

     कैलाली:-  मिति २०८२।०३।२८ गते १७:१५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली गोदावरी न.पा.२ तेघरीबाट पैदल हिडिरहेको अवस्थामा सोही ठाउँ वस्ने बर्ष ३५ को तपेश खड्का र धनगढी उ.म.न.पा.५ बस्ने बर्ष २६ को दिक्पाल स्वारलाई चेकजाँच गर्दा निजहरुको साथबाट ३६० क्प्सुल TRAMADOL (३६ पत्ता) प्रतिवन्धित लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निज हरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                 यसैगरी,  मिति २०८२।०३।२८ गते २०:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१८ फुलबारी F गाँउ वस्ने बर्ष २८ को केदार बोहराको शरिर तथा घर कोठा खान तलासी गर्दा निजको साथबाट ११ ग्राम ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।           

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२८

      कैलाली:-  मिति २०८२।०३।२७ गते १४:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोडबाट ऐ. कटान वस्ने बर्ष १९ को दिपक बोहरालाई  शंका लागि चेकजाँच गर्दा निजको साथ बाट ३४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                यसैगरी,  मिति २०८२।०३।२७ गते १८:४५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.२ शान्तिटोल स्थित बर्ष २२ को रबिन कुमार मल्लको घर कोठामा लागुऔषध कारोबार भैरहेको छ भन्ने सुचनाको आधारमा निजको घर कोठा खान तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला डोटी, पुर्वीचौकी गा.पा.४ घर भई बर्ष २८ को तेज बहादुर खड्का र निजको साथबाट ९ ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।