प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०३-२०

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०३।१९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.- १३ राजपुर, टीकापुर न.पा.६ प्रतिपुल स्थित भित्री सडक खण्ड, ऐ.९ बालुवाटार र कैलारी गा.पा. ६ बेनौलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७४,३५०।– बराबरको बिडी, सुर्ती, आटा छान्ने छन्नी, स्टिलका कचौरा, टिफिन, फलामको कराही, स्टिलको खाना राख्ने हडकेश, प्लास्टिकका बिभिन्न सामान, लुगा धुने ब्रस,प्लाष्टिकका पानी खाने बोतल, प्लाष्टिकका बाटा, साबुन दानी, चुरा, डाबर तेल, लेडिज काटा, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

    कञ्चनपुर:- मिति २०८१।०३।१९ गते १५:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुर स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४३,५५२।– बराबरको प्याज, चिनी, जिरा, धनिया लगायतका सामानहरु वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२९

     कैलाली:-  मिति २०८२।०३।२८ गते १७:१५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली गोदावरी न.पा.२ तेघरीबाट पैदल हिडिरहेको अवस्थामा सोही ठाउँ वस्ने बर्ष ३५ को तपेश खड्का र धनगढी उ.म.न.पा.५ बस्ने बर्ष २६ को दिक्पाल स्वारलाई चेकजाँच गर्दा निजहरुको साथबाट ३६० क्प्सुल TRAMADOL (३६ पत्ता) प्रतिवन्धित लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निज हरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                 यसैगरी,  मिति २०८२।०३।२८ गते २०:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१८ फुलबारी F गाँउ वस्ने बर्ष २८ को केदार बोहराको शरिर तथा घर कोठा खान तलासी गर्दा निजको साथबाट ११ ग्राम ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।           

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२८

      कैलाली:-  मिति २०८२।०३।२७ गते १४:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोडबाट ऐ. कटान वस्ने बर्ष १९ को दिपक बोहरालाई  शंका लागि चेकजाँच गर्दा निजको साथ बाट ३४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                यसैगरी,  मिति २०८२।०३।२७ गते १८:४५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.२ शान्तिटोल स्थित बर्ष २२ को रबिन कुमार मल्लको घर कोठामा लागुऔषध कारोबार भैरहेको छ भन्ने सुचनाको आधारमा निजको घर कोठा खान तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला डोटी, पुर्वीचौकी गा.पा.४ घर भई बर्ष २८ को तेज बहादुर खड्का र निजको साथबाट ९ ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।