प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा १३ जना पक्राउ

२०८१-०७-११

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०७।११ गते ०१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ९ बङग्राकटान स्थित खेतबारीमा जुवातास जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष ३४ को हरि बिष्ट सहित ७ (सात) जनालाई प्रहरीले पक्राउ गरेको, गोप्य सूचनाको आधारमा  वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नगद रु. २८,५६०।- र १ गड्डी तास सहित पक्राउ गरेको, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     

    यसैगरी, मिति २०८१।०७।११ गते ०२:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ बेलिबजार स्थित महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष २९ को हिक्मत थापा सहित ६ (छ) जनालाई प्रहरीले पक्राउ गरेको,  गोप्य सूचनाको आधारमा  वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नगद रु. ६४,२३५।- र १ गड्डी तास सहित पक्राउ गरेको, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-०१

  कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा. ९ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १७२ ग्राम ९३ मिलिग्राम र डिजिटल काँटा तान-१ सहित सोही ठाउँ वर्ष ३५ कि पार्वती गुरधामीलाई निजको घरबाटै बिहिबार प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको सयूक्त प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी, जिल्ला कैलाली  लम्की चुवा नगरपालिका-४ बलियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७०० मिलिग्राम सहित सोही ठाँउ बस्ने वर्ष २१ उज्जल चौधरीलाई बिहिबार गोप्य सुचनाको आधारमा निजको घरबाटै प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी, जिल्ला कैलाली लम्कीचुवा नगरपालिका-४ बलियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१० मिलिग्राम सहित सोही ठाँउ बस्ने वर्ष २३ को अमित चौधरीलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-०१

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ८४,४५००।– बराबरको  प्लाष्टिक रेकोट, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ६५,०००।– बराबरको सुटपिस कपडा र किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      दार्चुला:- दार्चुला जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ६५,७००।– बराबरको सुटपिस कपडा र किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-३१

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.५ बाल्मिकी स्कुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२९ मिलिग्राम सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ स्थित डेरा गरी बस्ने बर्ष २६ को गौरव चन्द, भिमदत्त न.पा.६ बस्ने बर्ष ३२ को प्रकाश आउजी र बेदकोट न.पा.५ घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ स्थित डेरा गरी बस्ने बर्ष २२ की खुस्बु धानुक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली भजनी न.पा.८ कांडापुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८७० मिलिग्राम सहित टिकापुर न.पा. १ सक्तिनगर सिबिर बस्ने बर्ष २७ को भिखु चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले साइकलमा यात्रा गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।