प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८३-०६-०४

  • A
  • A-
  • A+
Share

     दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०८२।०९।०१ गतेको फैसलाले लागूऔषध मुद्दामा ३ महिना कैद सजाय र रु.२,०००।- (दुई हजार) जरिवाना तोकिएको नौगाड गा.पा.३ बस्ने वर्ष ३५ को प्रेम सिंह धामीलाई प्रहरी चौकी दल्लेख, दार्चुलाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ सोही न.पा.२  दल्लेख बजारबाट पक्राउ गरेको छ ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान सहित ३ जना महिला पक्राउ
२०८३-०६-०४

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ फनपार्क नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,९७,३५०।– (एक लाख सन्तानब्वे हजार तिन सय पचास) बराबरको बिडी, सुर्ति, सुटपिस, डाल्डा, चना, केक पाउडर, खुर्सानी, प्लाष्टिक झिल्ली लगायतका सामान सहित सोही उ.म.न.पा.३ बस्ने वर्ष ३७ की लक्ष्मी स्याडा, वर्ष ३५ की धनि देबि सार्की र गोदावारी न.पा.२ बस्ने वर्ष २७ की यसोदा भट्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार राति फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।            कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४८,३५०।–  बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार साँझ इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

फरार प्रतिवादी पक्राउ
२०८३-०६-०३

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८१।०३।१९ गतेको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र रु.५,०००।- (पाँच हजार) जरिवाना तोकिएको घोडाघोडी न.पा.१० पहलमानपुर बस्ने वर्ष ४० को नर बहादुर घिमिरेलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित उच्च अदालत दिपायल, महेन्द्रनगर तथा जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०६।०२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।१. बहुबिवाह मुद्दामा १ वर्ष १० महिना २८ दिन कैद सजाय र रु.२०,०००।– (विश हजार) जरिवाना तोकिएको कृष्णपुर न.पा.१ बस्ने वर्ष २५ को बल बहादुर वली । २. लागूऔषध मुद्दामा ४ वर्ष कैद सजाय र रु.५,०००।– (पाँच हजार) जरिवाना तोकिएको भिमदत्त न.पा.१८ भगतपुर बस्ने वर्ष २७ को प्रतिक कुँवर । 

भरूवा बन्दुक बरामद
२०८३-०६-०३

    डोटी:- जिल्ला डोटी सायल गा.पा.५ स्थित बुङ्गा ओखलधार सार्वजनिक गौचरण जंगल जाने बाटो छेउबाट एकनाले भरूवा बन्दुक १ थान शुक्रबार बिहान प्रहरी चौकी डौड, डोटीबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको छ ।     अछाम:- जिल्ला अछाम मेल्लेख गा.पा.६ झाडीगाउँ स्थित बिलेद खोला छेउको ओढारबाट भरूवा बन्दुक १ थान शुक्रबार बिहान प्रहरी चौकी मेल्लेख, अछामबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको छ ।    बाजुरा:- जिल्ला बाजुरा गौमुल गा.पा.१ सुपाकुना स्थित ओडार भित्र भरुवा बन्दुक लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाको आधारमा ओडारबाट भरूवा बन्दुक १ थान शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय गौमुल, बाजुराबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०३

    कैलाली:- जिल्ला कैलाली जानकी गा.पा.७ उच्चा गोलौरीबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ८३० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २९ को बिर बहादुर चौधरी र १८ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    बझाङ:- जिल्ला बझाङ बित्थडचिर गा.पा.८ रुपैल स्थित गोप्य सुचनाको आधारमा अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १ किलो ९९ ग्राम सहित जिल्ला बझाङ, तलकोट गा.पा.१ बस्ने वर्ष ३२ को नरेन्द्र कुमार ऐडीले चलाएको सु.प.प्र.०४-००१ ज ००८९ नम्बरको जीपमा सवार ऐ. जयपृथ्वी न.पा. ११ दयकुम्ला बस्ने वर्ष ६१ को सिंग धामीले झोला भित्र लुकाई चिपाई राखेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, जिप सहित दुवै जनालाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।