प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८१-१०-२१

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८१।१०।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १० चकमेलीघाट नजिक र कैलारी गा.पा.५ पवेराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४६,३४०।– बराबरको प्याज, चिनी, हरियो मटर, बिडी सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                  

     कञ्चनपुर:-  मिति २०८१।१०।२० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा. ६ ऐठपुर र बेलौरी न.पा. ६ प्रेमनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९,२०,९५०।– बराबरको माछा, सुट पिस, धोती, चप्पल, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।


सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०४-१०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ७ महिना कैद सजाय तोकिएको धनगढी उ.म.न.पा.१५ उर्मी बस्ने बर्ष २५ को मनिराज रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शनिबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०९।२५ गतेको फैसलाले कुटपिट मुद्दामा २३ दिन कैद सजाय तोकिएको भिमदत्त न.पा.८ तिलाचौड बस्ने बर्ष २३ को राजेश दमाईलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-१०

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ फिस रिसोट नजिक, ऐ. ९ बङ्ग्राकटान, त्रिवेणीघाट र ऐ.१२ कम्पनी टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,७४,७००।– बराबरको चिनी, बिडी, सुर्ति, कफि, मसला, प्लाष्टिक दुना टपरी,  प्लाष्टिक झिल्ली, अटो थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५२,०००।– बराबरको माछा शनिबार दिउँसो इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको छ । 

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-१०

     कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.१ महेन्द्रनगर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २९ को सबिन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध सेवन गरी हिडीरहेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।             यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६७१ मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उ.म.न.पा.८ वस्ने १७ वर्षिय किशोर र गौरीगंगा न.पा.१ घर भई हाल धनगढी उ.म.न.पा.७ डेरा गरी बस्ने बर्ष २५ को मायाराम चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मोति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९८ मिलिग्राम सहित कैलारी गा.पा.४ बस्ने बर्ष २५ को अर्जुन चौधरीलाई गयराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।         कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेदकोट न.पा.८ गैलनदीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १६ ग्राम ३४० मिलिग्राम सहित भिमदत्त न.पा.१८ जनज्योती चोक बस्ने बर्ष २२ को यस चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदी, कञ्चनपुरबाट खटिएको प्रहरीले म १ प ४२४४ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको छ ।