प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु, घाइते

२०८२-०६-१५

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०६।१४ गते २३:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ धनगढी र गोदावरीको सिमाना स्थित जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ शिवनगर बस्ने बर्ष २४ को प्रान्जल बमले चलाएको सु.प.प्र.०१-०११ प ४४७३ नम्बरको स्कुटी आफै अनियन्त्रीत भई पल्टिदा चालक गम्भिर घाईते भई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, स्कुटी पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २६ को सरोज बम घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ ।   

      कञ्चनपुर:- मिति २०८२।०६।१४ गते १४:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ सिउडीबाग स्थित दैजि जोगबुढा सडक खण्डमा दैजिबाट जोगबुढा तर्फ जादै गरेको सु.प.प्र.००१ ज १६७३ नम्बरको बोलेरो जीप सडकबाट अन्दाजी २० मिटर तल खस्न गई दुर्घटना हुँदा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ वाणि बस्ने तारा पालकी छोरी बर्ष २ की युबिका पाल गम्भिर घाईते भई उपचारको लागि महाकाली प्रादेशीक अस्पताल कञ्चनपुर लगिएकोमा उपचारको क्रममा ऐ. १६:३५  मृत्यु भएको, साथै जिपमा सवार चालक बाहेक ८ जना मध्ये १ जनाको मृत्यु, अन्य ७ जना घाईतेहरुको उपचार भईरहेको, जीप चालक जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.११ पुन्तुरा बस्ने बर्ष ३४ को लक्ष्मण भट्ट फरार रहेकाले निजको खोजतलास भईरहेको ।    

      बैतडी:- मिति २०८२।०६।१४ गते १७:०० बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.१ गुरुखोला स्थित दशरथचन्द राजमार्गमा महेन्द्रनगर बाट गोठालापानी तर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ख १०१७ नम्बरको महाकाली यातायतको बसले सोही ठाउँ दाउनेबाग बस्ने पैदल यात्री बर्ष अन्दाजी ३०/३५ की  भागरथी लुहारलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको, बस चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. ४ बस्ने बर्ष ३८ को लोकेन्द्र बहादुर चन्दलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।          

सम्बन्धित समाचार
अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०५

    कैलाली:- जिल्ला कैलाली जानकी गा.पा.८ भोक्सीबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ८८० मिलिग्राम सहित जोशीपुर गा.पा.३ बस्ने वर्ष ४८ को प्रमेश्वर डगौरा थारूलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ४६० मिलिग्राम सहित सोही उ.म.न.पा.१ बसन्त टोल बस्ने वर्ष २१ को असिम चौधरी समेत ४ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     कञ्चनपुरः-  जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने वर्ष ३४ को रामनरेस रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४६० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित आइतबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घरकोठा खाँनतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध भन्सार छलिका सामान सहित ३ जना महिला पक्राउ
२०८३-०६-०४

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ फनपार्क नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,९७,३५०।– (एक लाख सन्तानब्वे हजार तिन सय पचास) बराबरको बिडी, सुर्ति, सुटपिस, डाल्डा, चना, केक पाउडर, खुर्सानी, प्लाष्टिक झिल्ली लगायतका सामान सहित सोही उ.म.न.पा.३ बस्ने वर्ष ३७ की लक्ष्मी स्याडा, वर्ष ३५ की धनि देबि सार्की र गोदावारी न.पा.२ बस्ने वर्ष २७ की यसोदा भट्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार राति फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।            कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४८,३५०।–  बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार साँझ इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।