प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०८-२२

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।२१ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. चोरी मुद्दामा २ वर्ष कैद सजाय र रु.२०,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४  डि गाँउ बस्ने बर्ष २३ को आसबिन पौडेल क्षेत्री  । 

२. चोरी मुद्दामा २ वर्ष कैद सजाय र रु.२०,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४  डि गाँउ बस्ने बर्ष २२ को आशिष सुनार ।

३. चोरी मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष २१ को सुबिर डगौरा ।

४. चोरी मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष २४ को राज चौधरी । 

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०७।१६ गतेको फैसलाले कुटपिट मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१४ मझगाँउ वस्ने बर्ष २४ को अजय भण्डारीलाई अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२१ गते पक्राउ गरेको । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-०१

  कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा. ९ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १७२ ग्राम ९३ मिलिग्राम र डिजिटल काँटा तान-१ सहित सोही ठाउँ वर्ष ३५ कि पार्वती गुरधामीलाई निजको घरबाटै बिहिबार प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको सयूक्त प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी, जिल्ला कैलाली  लम्की चुवा नगरपालिका-४ बलियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७०० मिलिग्राम सहित सोही ठाँउ बस्ने वर्ष २१ उज्जल चौधरीलाई बिहिबार गोप्य सुचनाको आधारमा निजको घरबाटै प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी, जिल्ला कैलाली लम्कीचुवा नगरपालिका-४ बलियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१० मिलिग्राम सहित सोही ठाँउ बस्ने वर्ष २३ को अमित चौधरीलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-०१

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ८४,४५००।– बराबरको  प्लाष्टिक रेकोट, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ६५,०००।– बराबरको सुटपिस कपडा र किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      दार्चुला:- दार्चुला जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ६५,७००।– बराबरको सुटपिस कपडा र किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-३१

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.५ बाल्मिकी स्कुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२९ मिलिग्राम सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ स्थित डेरा गरी बस्ने बर्ष २६ को गौरव चन्द, भिमदत्त न.पा.६ बस्ने बर्ष ३२ को प्रकाश आउजी र बेदकोट न.पा.५ घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ स्थित डेरा गरी बस्ने बर्ष २२ की खुस्बु धानुक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली भजनी न.पा.८ कांडापुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८७० मिलिग्राम सहित टिकापुर न.पा. १ सक्तिनगर सिबिर बस्ने बर्ष २७ को भिखु चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले साइकलमा यात्रा गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।