प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-२३

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८२।०८।२२ गते १५:४० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ महाकाली क्याम्पस नजिक बेलौरी तर्फ आउदै गरेको सु.प.प्र.०१-०१ ह ५५०५ नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बोराडाडी बस्ने बर्ष २७ को नरेन्द्र बोहरा, अटोमा सवार ऐ. चौराहा बस्ने बर्ष ३६ को प्रेम खत्री र ऐ.१३ राजपुर बस्ने बर्ष ४० को चक्रपति गिरीको साथबाट २ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, अटो सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

      दार्चुला:- मिति २०८२।०८।२२  गते २०:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, महाकाली न.पा.४ खलंगा बजारबाट शंकास्पद रुपमा पैदल हिडी राखेको अवस्थामा ऐ. व्यास गा.पा.६ हुती घर भई ऐ. महाकाली न.पा.४ डेरा गरी बस्ने बर्ष २२ को बिजय टमटा र ऐ. महाकाली न.पा.४ खलंगा बजार बस्ने बर्ष २१ को धिरज लुहारलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ३१ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।