प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८२-१०-०५

  • A
  • A-
  • A+
Share

     बाजुरा:- मिति २०८२।१०।०४  गते जिल्ला बाजुरा, गौमुल गा.पा.२ कुहुडा बस्ने बर्ष ३० को बिष्णु रोकायाको खरले छाएको ३ तले ६ कोठे कच्ची घरमा विद्युतको लाईन सट भई आगलागी हुँदा घर र घरभित्र रहेका नगद, गरगहना, अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.२०,००,०००।– ( बीस लाख) बराबरको बराबरको धनमाल जलेर नष्ट भएको, मानविय तथा चौपाया क्षती नभएको ।

    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।