अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।१०।१७ गते जिल्ला
कैलाली भजनी न.पा. ५ पगियापसार स्थितबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु.२,१८,०००।– (दुई लाख अठार हजार मात्र ) बराबरको हार्डवयर ( वासर, ताला,वेरिङ,बेल्ट )
लगायतका सामानहरु इलाका प्रहरी कार्यालय पृथ्विपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती
टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।१०।१७ गते
कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरु भिमदत्त न.पा.९ जमुना घारी र बेलौरी न.पा. १० भुडाबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६६,९१०।– बराबरको कपडा, चिनी,
सुर्ति र नुडल्स लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत
कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिएको ।