पुलबाट हाम फालेर मृत्यू
२०८२-१०-२८
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेदकोट न.पा.६ सिसैया स्थित चौधर नदीमा पक्की पुलबाट सोही न.पा १० हरपल बस्ने बर्ष ३५ को बिनोद चौधरीले मंगलबार हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटि गएको प्रहरी टोलीले निजलाई एम्बुलेन्स मार्फत महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट अनुसन्धान भईरहेको छ ।