फरार प्रतिबादी पक्राउ
२०८२-१०-२८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।१०।२७ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
१. लागूऔषध चरेश मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला बझाङ, बित्थडचिर गा.पा.२ बस्ने करन बहादुर बोहरा ।
२. लागूऔषध मुद्दामा १ महिना २२ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ बस्ने बर्ष २७ को गणेश राना ।
३. आगो लगाएको मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १७ बस्ने गंगाराम पार्की ।