प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पुलबाट हाम फालेर मृत्यू

२०८२-१०-२८

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेदकोट न.पा.६ सिसैया स्थित चौधर नदीमा पक्की पुलबाट सोही न.पा १० हरपल बस्ने बर्ष ३५ को बिनोद चौधरीले मंगलबार हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटि गएको प्रहरी टोलीले निजलाई एम्बुलेन्स मार्फत महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको हो  । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट अनुसन्धान भईरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।