अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-२९
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बसपार्क, ऐ.१६ र १७ मझगाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२७,११०।– बराबरको साडी, सुटपिस, धोती, जुत्ता, मोजा, सेन्ट, सिरक खोल लगायतका सामानहरु वुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।