अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-१०-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट ६१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. लम्कीचुहा न.पा.३ बलचौर बस्ने बर्ष २० को राहुल बादी र बर्ष २१ को नृप बादीलाई वुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ चटकपुरबाट ८६० ट्याव्लेट ट्रामिनो (TRAMINO) नियन्त्रित लागूऔषध सहित जिल्ला कंचनपुर, कृष्णपुर न.पा.२ बंक बस्ने बर्ष २७ को धनी बादीलाई वुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त नियन्त्रित लागूऔषध फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।