प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अटोबाट खसेर मानिसको मृत्यु

२०८३-०१-१४

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.५ गर्जमनि स्थित भित्र सडक खण्डमा सु.प.प्र. ०१-००२ स ०१६८ नम्वरको अटोबाट खसेर सोही ठाउँ वस्ने वर्ष ८५ को रामदत्त पन्त गम्भिर घाईते भई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा आइतवार दिउँसो मृत्यु भएको छ । अटो र अटो चालक जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.५ खजुवा बस्ने वर्ष २८ को नरेन्द्र जोशीलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।