प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-०२-०८

  • A
  • A-
  • A+
Share

 मिति २०८०।०२।०५ गते  ईप्रका जोगबुढा डडेलधुराबाट खटि गएको प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालतको मिति २०७७।११।०६ गतेको फैसलाले १ बर्ष २ महिना ३ दिन कैद र एक लाख क्षेतिपुर्ती भई फरार रहेको जजक मुद्दाको प्रतिबादी जिल्ला डडेलधुरा पर्शुराम नपा १२ डडेलधुरा बस्ने बर्ष २७ को रमेश नाथलाई लाई पक्राउ गरी अड्डासार गरि ल्याई मिति २०८०।०२।०७ गते सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको । 


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०१

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.१ ब्लक नम्बर १४  बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ११० मिलिग्राम र लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही न.पा.९ बस्ने बर्ष २० को पुष्प साउद समेत ६ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.१ बस्ने बर्ष ३० को कुबेर बनलाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ७८ प १५१५ नम्बरको स्कुटरमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।