भरुवा वन्दुक बरामद
२०८३-०३-२८
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा बडिमालिका न.पा. १ पाटा सामुदायिक बन स्थित ओढारमा लुकाई छिपाई राखेको बेबारिसे अवस्थामा भरुवा बन्दुक १ नाल शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले ओढारमा लुकाई छिपाई बेवारिसे अवस्थामा राखीएको उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।