जवरजस्ती करणी गरेको अभियोगमा मानिस पक्राउ
२०८३-०३-३०
- A
- A-
- A+
कैलाली:- १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला बैतडी, सिगास गा.पा.१ बस्ने बर्ष २० को राजेश धामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धामीले ती बालिकालाई मिति २०८३।०३।२४ गते घरबाट अत्तरीया बोलाई होटलमा राखि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई धनगढी उ.म.न.पा.८ क्याम्पस चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।