प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जवरजस्ती करणी गरेको अभियोगमा मानिस पक्राउ

२०८३-०३-३१

  • A
  • A-
  • A+
Share

      अछाम:- १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला पश्चिम रुकुम चौरजहारी गा.पा.९ बस्ने वर्ष २७ को जय प्रकाश स्वर्णकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स्वर्णकारले ती बालिकालाई  जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-३१

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६३,९३०।– बराबरको बिडी, सुर्ति, किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४६,६००।– बराबरको पेय पदार्थ, विभिन्न किसिमका कपडा, पटका, झिरझिर बत्ति लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

फरार प्रतिबादी पक्राउ
२०८३-०४-३०

कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०४।२९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।१.    वन्यजन्तु तथा अबैध शिकार मुद्दामा जनही २१ दिन कैद सजाय र रु.५,०००।– (पाँच हजार) जरिवाना तोकिएका लालझाडी गा.पा.५ देखतभुली बस्ने वर्ष ३९ को श्याम कुमार राना, ऐ. बस्ने वर्ष ४० को जङ्ग बहादुर राना र ऐ. बस्ने वर्ष ४१ को राम साहेब राना  ।२.    चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय तोकिएको भिमदत्त न.पा.१ राजिपुर बस्ने वर्ष २५ को पंकज मिस्त्री ।        अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको फैसलाले लागूऔषध खैरो हेरोइन मुद्दामा ९ दिन कैद सजाय तोकिएको बान्निगढी जयगढ गा.पा.२ जनालिकोट बस्ने नबिन राज उपाध्यायलाई प्रहरी चौकी जयगढ, अछामबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।