अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-०२
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली धनगढी उ.म.न.पा.९ बङ्ग्राकटानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी
ल्याएका अन्दाजी मूल्य रु.१,६५,७००।– बराबरको
चिनी, डाल्डा, दुध पाउडर, कलर डिव्वा, एसि स्टेण्ड लगायतका सामानहरु शुक्रबार
दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला
पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरु भिमदत्त न.पा.१७ बासखेडा र दोधारा
चाँदनी न.पा.१ मलेरिया नालाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.३०,४००।– बराबरको
चिनी, पेय पदार्थ, बिडी, विस्कुट, कुरकुरे लगायतका सामानहरु शुक्रबार जिल्ला
प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा
फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।