फरार प्रतिबादी पक्राउ
२०८३-०४-०२
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले
कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०४।०१
गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले पक्राउ
गरेको हो ।
१. बैङ्किङ्
कसुर मुद्दामा २ दिन कैद सजाय र रु.२०,०००।- जरिवाना तोकिएको घोडाघोडी न.पा.५
बस्ने बर्ष ३५ को बिरेन्द्र बहादुर नेपाल ।
२. वहु-विवाह
मुद्दामा ४ महिना २० दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको लम्किचुहा
न.पा.५ बस्ने कम्मान सिंह
बि.क.।