अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-०४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ फिस रिसोर्ट नजिकबाट अवैध
लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित २ जनालाई आईतबार साँझ प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २५ को कृष्ण चौधरी र
बर्ष १९ को सुशिल घर्तीमगर रहेका छन् । प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच
गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।