जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२०८३-०४-०४
- A
- A-
- A+
बझाङ:- जिल्ला बझाङ जयपृथ्वी न.पा.१० चैनपुर स्थित खुल्लामञ्च बस्ने बर्ष ३२ को
प्रकाश बि.क.को घर कोठामा जुवातास खेलिरहेको अवस्थामा निज प्रकाश बि.क. समेत ९
जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने गोप्य
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.५३,९९०।– र खुल्ला तास ९ गड्डी र नखोलेको तास १ बण्डल सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।