अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-०५
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि
गरि ल्याएका अन्दाजी मूल्य रु.१,०२,०००।– बराबरको थान कपडा सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी,
कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा
गरि नियन्त्रणमा लिएको हो ।
बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.२ कठपतेबाट अबैंध
रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३१,५००।– बराबरको सुटपिस सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको
प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा
लिएको हो ।